प्रधानमन्त्री ओली नाै दिनपछि डिस्चार्ज,उपचारमा सकियो २ लाख ५४ हजार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ९ दिनपछि अस्पतालबाट डिस्जार्च भएका छन्।  मंसिर १० गते महाराजगञ्जस्थित मनमोहन कार्डियोथोसिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्नाका प्रधानमन्त्री ओली बिहीबार अपरान्ह डिस्चार्ज भएका हुन्।

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई चिकित्सकको निगरानीमा अस्पतालमै राखिएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएकाले डिस्चार्ज गरिएको उनको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन्। बुधबार नै डिस्चार्ज गर्ने तयारी गरिएपनि मिर्गौलाको डायलासिस गर्नु पर्ने भएपछि एक दिनपछि सारिएको हो।

चिकित्सकले भने अझै केही दिन अस्पतालमै बस्नु पर्ने बताएको भएपनि प्रधानमन्त्री ओलीले डिस्चार्ज गर्न आग्रह गरेपछि चिकित्सकहरु सहमत भएको अस्पताल स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली डिस्चार्ज हुनुअघि उनको स्वास्थ्य स्थितिबारे जानकारी लिन राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी थिइन्। अस्पताल बस्दा प्रधानमन्त्री ओलीको उपचार खर्च २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ उठेको अस्पताल स्रोतले जनाएको छ। प्रधानमन्त्रीको उपचारमा लागेको खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भुक्तानी गरेको छ।

सम्बन्धित शिर्षकहरु