सीमा विवादमा छलफल गर्न नेपालका तर्फबाट कुनै पत्र आएको छैन्: प्रवक्ता रविशकुमार

काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले सीमा विवादमा छलफल गर्न नेपालका तर्फबाट कुनैपनि पत्र नआएको बताएका छन् । नेपालको कालापानी क्षेत्र समेटेर भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि भारतबिरुद्ध नेपालमा विरोध भइरहेको छ ।

नेपालमा विरोध भइरहेका बेला नेपाल सरकारले सीमा विवादमा भारतसँग छलफल गर्ने प्रक्रिया अघि बढिसकेको बताएको थियो । तर भारतीय विदेश मन्त्रालयले नेपाल सरकारको दावीलाई अस्वीकार मात्र गरेको छैन, नक्सामा समेटिएको सवै भूभाग भारतकै भएको दावी पनि गरेको छ ।

भारतले जारी गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा राखेको छ । भारतीय नक्साप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक पनि बोलाएका थिए । सीमा विवादमा राष्ट्रिय सहमति जुटाएका ओलीले कालापानीबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह पनि गरेका थिए ।

तर भारतले शुक्रवार अर्काे पत्रकार सम्मेलन गरी नक्सामा भएको सवै भूभाग भारतकै भएको दावी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले सीमा विवादमा छलफल गर्न नेपाल सरकारका तर्फबाट औपचारिक पत्र नआएको बताए । ‘

नयाँ नक्सालाई लिएर नेपालमा भइरहेको विरोधका सम्बन्धमा भारतको भनाइ यथावत् छ,’ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘सीमा विवादमा नेपालले अहिलेसम्म औपचारिक पत्राचार गरेको छैन, पत्र आएपछि औपचारिक प्रक्रिया सुरु हुन्छ र बैठक बस्छ ।’

सम्बन्धित शिर्षकहरु