यस्तो छ नख्खु जेलमा आलमको दिनचर्या

काठमाडौं । आफैँले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने अफ्ताब आलमलाई ललितपुरको नख्खु जेलमा राखिएको छ । शनिबार बिहान नख्खु ल्याइएका आलमलाई सिआरसी (कम्युनिटी रिह्याबिटेसन सेन्टर) ब्लकमा राखिएको छ । यो ब्लकमा लागुऔषध दुर्व्यसनी र हत्या अभियोगका थुनुवा राखिन्छ ।

नख्खु कारागार स्रोतका अनुसार शनिबार बिदाको दिन परेकाले उनलाई लागुऔषध दुर्व्यसनीका थुनुवासँगै राखिएको छ । पुर्पक्षका लागि जेल पठाउन रौतहट जिल्ला अदालतले आदेश दिएपछि शुक्रबार राति गौरबाट हिँडाइएका आलमलाई शनिबार बिहान ४ बजे नख्खु पुर्‍याइएको थियो । शनिबार उनले सिआरसी ब्लकमै आराम गरेका थिए । उनी दिउँसो एकछिन कारागारभित्रै टहलिएका थिए । केहीबेर आफन्तसँग पनि भेटघाट गरेको कारागार स्रोतले बतायो । मधुमेहका रोगी आलमलाई परिवारले कारागारमै औषधि लगिदिएका थिए ।

सम्बन्धित शिर्षकहरु