ग्रान्डी इन्टरनेसनल हस्पिटलमा प्रधानमन्त्रीको तेस्रो डायलासिस आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा तेस्रोपटक डायलासिस हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शनिबार ९आज० बिहान प्रधानमन्त्रीको तेस्रोपटक डायलासिस हुन लागेको हो ।
यसअघि पनि दुईपटक डायलासिस गराइसकेका प्रधानमन्त्री ओलीको पुनः तेस्रोपटक डायलासिस हुन लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको नियमित स्वास्थ्य परीक्षण र डायलासिस गर्नुपर्ने भएकाले शनिबार बिहान अस्पताल जान लागेका हुन् । प्रधानमन्त्री ओलीलाई यसअघि भाइटीकाको भोलिपल्ट पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।

ग्रान्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको चिकित्सकहरूले बताएका छन् । डायलासिस नियमित स्वास्थ्य परीक्षणकै एक विधि भएको पनि चिकित्सकको भनाइ छ । प्रधानमन्त्री ओलीले डायलासिस गर्दै आए पनि उनको राजनीतिक तथा प्रशासनिक सक्रियता भने झनै बढ्दै आइरहेको छ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित शिर्षकहरु