काठमाडौं । प्रधान न्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको नयाँ तलबमान सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सरकारको भदौ ४ गतेको निर्णयअनुसार मन्त्रालयले प्रधान न्यायाधीश, न्यायाधीशहरु, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसद्का महासचिवलगायतको नयाँ तलबमान सार्वजनिक गरेको हो ।
प्रधान न्यायाधीशको मासिक तलब ८६ हजार ९५० रुपैयाँ
न्यायाधीशको ७१ हजार ९५०,
महान्यायाधिवक्ताको ७१ हजार ९५०
न्यायपरिषद्का सदस्यको ७१ हजार ९५० रुपैयाँ
संवैधानिक निकायका प्रमुख पदाधिकारीको तलब ६८ हजार १८०
पदाधिकारीको ६४ हजार ४२० रुपैयाँ
उच्च अदालतका मुख्य न्यायाधीशको ६८ हजार १८०
उच्च अदालतका न्यायाधीशको ६४ हजार ४२० रुपैयाँ
जिल्ला न्यायाधीशको ५४ हजार ४३० रुपैयाँ
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तको ६८ हजार ११०
आयुक्तहरुको ६४ हजार ४२०
संघीय संसदका महासचिवको ६५ हजार १४० र
सचिवको ६९ हजार ६८० रुपैयाँ मासिक तलब तोकिएको छ ।








