गम्भीर गल्ती गर्दा १ वर्षमा अढाई सय प्रहरीले गुमाए जागिर, कुन पदका कति ?

काठमाडौं । पछिल्लो एक वर्षमा भ्रष्टाचारसहितका गम्भीर गल्ती गर्ने २ सय ५६ प्रहरीले जागिर गुमाएका छन् । उनीहरूमध्ये २ सय ४९ लाई सेवाबाट हटाइएको र सातजनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सेवाबाट हटाइएकामा १ एसपी, २ इन्स्पेक्टर, पाँच सइ, ११ असइ, २४ हवल्दार, १ सय ९५ जवान र ११ जना कार्यालय सहयोगी छन्। त्यस्तै, १/१ जना असइ र सइ, २ हवल्दार, २ जवान र १ कार्यालय सहयोगीलाई बर्खास्त गरिएको खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

सेवाबाट हटाइएकाले प्रहरीबाट पाउने पेन्सनलगायतका सुविधा पाउँछन् भने बर्खास्त हुनेहरूले पाउँदैनन्। आर्थिक वर्ष ०७४/७५ मा २ सय ८० प्रहरी यस्तो कारबाहीमा परेका थिए ।

सम्बन्धित शिर्षकहरु