प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता, नेपाल भ्रमणको निम्तो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र मोदी बीच भेटवार्ता भएको छ। हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।भेटघाटमा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्ष उपहार दिएका छन्। ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।

गत मे १९ मा सम्पन्न निर्वाचनमा सबैभन्दा बढी सिट जितेको भाजपाको नेतृत्वमा सरकार बनेको हो। प्रधानमन्त्री ओली आजै स्वदेश फर्कने कार्यक्रम छ।

 

सम्बन्धित शिर्षकहरु