गोलभेडाको मूल्य दोब्बरले वृद्धि,किन महँगियो गोलभेडा ?

काठमाडौं । एक महिनाको अन्तरालमा गोलभेडाको मूल्य दोब्बरले वृद्धि भएपछि सामाजिक सञ्जालमा गोलभेडा काण्ड मच्चिएको छ । गोलभेडाको मूल्य बढेपछि व्यङगात्मक र दवावमूलक रुपमा सामाजिक सञ्जाल मार्फत विरोध भैरहेको छ । एक महिनाअघि प्रतिकिलो ५० रुपयाँमा पाईने गोलभेडा अहिले एक सय रुपयाँ कटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि ठूलो गोलभेडाको खुद्रा मूल्य प्रति केजी १ सय १५ रूपैयाँ तोकेको छ। त्यस्तै सानो गोलभेंडाको मूल्य १ सय ५ रूपैयाँ तोकेको छ।

कालिमाटीको तथ्याङ्क अनुसार ठीक एक महिना अघि ठूलो गोलभेडाको मूल्य प्रतिकेजी ६५ रूपैयाँ थियो। त्यस्तै, सानो गोलभेडाको मूल्य प्रतिकेजी ५५ रूपैयाँ थियो।

कालिमाटीमा गोलभेडाको मूल्य १ सय ५ देखि १ सय १५ रूपैयाँसम्म भए पनि उपत्यकाका अन्य खुद्रा बजारमा भने १ सय २० देखि १ सय ३० रूपैयाँसम्म गोलभेडाको बिक्री भइरहेको छ।

भारतीय चुनावका कारण पनि अहिले गोलभेंडा मङ्गो भएको र आपूर्ति प्रयाप्त नभइरहेको अवस्थामा बिहे ब्रतबन्धजस्ता शुभकार्य बढी हुने सिजन भएकाले यतिबेला माग भने अत्याधिक रहेकोले गोलभेडा लगायतको तरकारी महङगो भएको तरकारी व्यवसायीहरुले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु