ललितपुरमा ‘स्मार्ट सिटी’को पहिलो प्रयास: अब मोबाइल फोनबाटै ट्राफिक बत्ती नियन्त्रण

काठमाडौं । नेपालमा पहिलो पटक ललितपुर महानगरपालिकाले नयाँ प्रविधिको सुरुवात गरेको छ । महानगरपालिकाले पावरटेक नेपाल र भूस्पर्श कन्ट्रक्सन प्रा.लि.सँगको समन्वयमा मोबाइल फोनबाटै ट्राफिक बत्ती नियन्त्रण हुने प्रविधि भित्राएको हो । नेपालमै पहिलोपटक सुरु भएको यो प्रविधि जावलाखेलमा मंगलबारबाट सुरु भएको महानगरले जनाएको छ।

अल्का अस्पताल चोकमा सुरु भएको यो प्रविधि अहिले परिक्षण मात्रै भएको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए । ‘महानगरलाई स्मार्ट सिटी बनाउने प्रयासमध्ये यो एउटा सानो प्रयास हो। सवारी चाप अनुसार ट्राफिक व्यवस्थापनका लागि मोबाइल फोनबाटै सडक बत्ती नियन्त्रण गर्न सकिनेछ।

यसका लागि ट्राफिकलाई मोबाइल फोन प्रदान गरिनेछ। फोनमा सडक बत्ती कन्ट्रोल गर्ने एप्स राखिएको छ। सवारी चाप हेरेर ट्राफिक प्रहरीले अटोमेटिक र म्यानुअल दुवै तरिकाबाट नियन्त्रण गर्न सक्नेछन्। यसअघि ललितपुर महानगरपालिकाले ६ जना ट्राफिक प्रहरीलाई यो प्रविधि सम्बन्धी तालिम प्रदान गरिसकेको छ।

सम्बन्धित शिर्षकहरु