काठमाडौं । उपत्यकाका अधिकांश स्थानमा पानी परिरहेको छ । काठमाडौसहित पोखरा म्याग्दी र धनगढीमा पानी परेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शनिबार रातिदेखि आइतबार विहानसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने र रोकिने क्रम चलिरहेको थियो । काठमाडौं उपत्यकामा शनिबार ९ दशमलव ६ मिलीमिटर पानी परेको महाशाखाले जनाएको छ ।
शनिबारराति बदली भएको पश्चिमी भेगको मौसममा दिउँसो सुधार आउने देखिए पनि पूर्वी क्षेत्रमा भने मेघ गर्जनसहित पानी पर्ने संभावना छ । पूर्वी क्षेत्रमा आज मौसम बदली भएर दिनभर जसो हल्का पानी पर्ने सम्भावना छ ।
चैत्र १७ गते (आइतवार) :
दिउँसोः पूर्वी र मध्य भू-भागहरुमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ । पूर्वी भू-भागहरुका धेरै तथा मध्य र पश्चिमी भू-भागहरुका केहि स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ। हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ।
राति: पूर्वी भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ । देशका पूर्वी भेगका केही स्थानहरु तथा मध्य र पश्चिमी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।
चैत्र १८ गते (सोमबार) :
दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ । देशको पहाडी भेगको केहि स्थानहरुमा र तराई भेगको १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ । हिमालि भेगका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।
राति: देशभर आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू-भागहरुका थोरै र पश्चिमी भू-भागहरुका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ। हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ।
चैत्र १९ गते (मंगलबार) :
दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भेगको थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।
राति: देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भेगको १-२ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।








