मौसममा बदली:मेघ गर्जनसहित पानी पर्ने,कस्तो रहन्छ तीन दिनको मौसम ?

काठमाडौं । शुक्रबार काठमाडौ उपत्यकासहित पूर्व र पश्चिमका एक, दुई स्थानमा मेघ गर्जनसहित पानी पर्ने संभावना रहेको छ। शुक्रबार दिउँसो देशका केहि स्थानमा मेघ गञ्र्जनसहित वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै शुक्रबार दिनभर देशका अधिकासं स्थानको मौसम बदली हुने संभावना देखिएको महाशाखाका मौसमवीद् सुवास रिमालले जानकारी दिए। देशका हिमाली तथा उच्च पहाडी भेगमा हिमपातको समेत संभावना गरहेको छ।

उपत्यकामा बिहिबारदेखि नै मौसम बदली भएकाले विगत दुई दिनको तुलनामा उपत्यकाको तापक्रम बढेको छ। उपत्यकाको न्युनतम तापक्रम शुक्रबार १४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। दिउँसो तापक्रम बढेर २५ देखि २७ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले जनाएको छ।

चैत्र १५ गते (शुक्रबार):

दिउँसोः पूर्वी भू-भागहरु लगायत मध्य र पश्चिमि पहाडि भेगहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगका एक दुइ स्थानहरुमा मध्यान्ह पछी वा साझतिर मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिन्छ। मध्य र पूर्वी हिमालि भेगका एक दुई स्थानमा हल्का हिमपातको संभावना छ।

रातीः पश्चिमि भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकि भू-भागहरुमा आंशिक बदलि रहनेछ । पश्चिमि भेगका थोरै स्थानहरुमा र मध्य र पूर्वी पहाडि भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिन्छ। हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

चैत्र १६ गते (शनिबार):

दिउँसोः पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदली रहनेछ । पूर्वी पहाडी भेगका थोरै स्थानहरु र मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिन्छ। हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

रातीः पूर्वि र मध्य पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ । पूर्वि र मध्य पहाडी भू-भागहरुका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ। हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

चैत्र १७ गते (आइतवार) :

दिउँसोः पूर्वि र मध्य पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ । पूर्वि र मध्य पहाडी भू-भागहरुका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

राति: देशभरि नै आंशिक बदलि रहनेछ। पहाडि भेगका एक दुई स्थानमा क्षणिक वर्षाको संभावना छ।

सम्बन्धित शिर्षकहरु