विरोधको बीच प्रतिनिधिसभाकै शैलीमा चिकित्सा शिक्षा बिधेयक राष्ट्रियसभामा पनि पारित

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएजस्तै गरी चिकित्सा शिक्षा बिधेयक राष्ट्रियसभामा पनि पारित गरिएको छ । विपक्ष दलका सांसदहरुले नारावाजी गरिरहेका बेला राष्ट्रियसभाबाट पनि बिधेयक पारित भएको छ । प्रतिनिधिसभाकै शैलीमा विरोधका बाबजुत चिकित्सा शिक्षा बिधेयक पारित भएको छ । प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले अपनाएकै शैली राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सेनाले अपनाएका छन् । राष्ट्रियसभामा पनि कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नाराबाजी गरिहेका बेला बिधेयक पेश र पारित भएको छ ।

सोमबार राष्ट्रियसभाको बैठक शुरु हुनसाथ विपक्ष दलका सांसद राधेश्याम अधिकारीले प्रतिनिधिसभाबाट पारित भइ आएको विधेयक संशोधन गर्नुपर्ने बताएका थिए । डा. गोविन्द केसीसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा बिधेयक नआएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका थिए ।
सांसद राधेश्याम अधिकारीले बोलेलगतै कांग्रेस सांसदहरु रोष्टम घेर्न पुगेका थिए । ‘जवरजस्ती बन्द गर, संसदीय मर्यादा कायम गर’ भन्दै नारावाजी गरिरहेका बेला अध्यक्ष तिमिल्सेनाले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेश गर्न अनुमति दिएका थिए ।
मर्यादा पालकको स्कटिङमा उनी मन्त्री पोखरेल रोष्टममा पुगेर र विधेयक प्रस्तुत गरे । उनले विधेयक प्रस्तुत गरेपछि प्रतिनिधिसभाकै शैलीमा चिकित्सा शिक्षा बिधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।

सम्बन्धित शिर्षकहरु