काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गर्दागर्दै पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ। संसद बैठकमा कांग्रेसको अवरोध र नाराबाजीका बीच राष्ट्रिय चिकित्साशास्त्र विधेयक पारित गरेको हो ।
मर्यादापालकको ‘स्कर्टिङ’मा रोष्ट्रम पुगेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक निर्णयार्थ संसदसमक्ष पेस गरेका हुन्। कांग्रेसले विरोध गरिरहँदा पनि सभामुख कृष्णबहादुर महराले छलफलको प्रक्रिया अघि बढाएका थिए। छलफलमा सांसहदरुलेल भाग नलिई महराले विधेयकलाई निर्णयार्थ पेस गरे। योसँगै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ऐन बन्ने प्रक्रियामा गएको छ। राष्ट्रपतिले प्रमाणीकरण गरी राजपत्रमा प्रकाशित भएपछि ऐन लागू हुनेछ।








