शिक्षा विधेयक जबरजस्ती पारित गर्न खोजे प्रतिकार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदमा पेस भएको चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गर्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ ।बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकको बारेमा जानकारी दिदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाइको दम्भमा रातो झण्डा ओढाएर विवेकलाई कात्रो नओढाउन सरकालाई सुझाव दिए ।

‘संसदमा पेस भएको चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजे कांग्रेस सशक्त भएर त्यसको प्रतिवाद गर्छ ।’, उनले भने, ‘डा.गोविन्द केसीको सत्याग्रहलाई लात हानेर विगतमा गरिएको सहमति विपरित विधेयक पारितका लागि बहुमतलाई रातो झन्डा ओढाएर विवेकलाई कात्रो नओढाउन सरकारलाई सुझाव छ ।’ प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई प्रतिक्षा गर्नु नै सरकारका लागि उत्तम विकल्प भएको भन्दै उनले प्रधानमन्त्रीको प्रतिक्षा गर्न संसदलाई आग्रह गरे ।

प्रवक्ता शर्माले कांग्रेस जारी केन्द्रीय कमिटी बैठकमा यसअघि महासमिति बैठकमा पेस भएका पाँचवटा प्रतिवेदनमा महासमिति बैठकमा आएका सुझाव समेटेर प्रतिवेदन तयार पार्ने बताए । बैठकमा नेविसंघको म्याद, डा.केसीको अनशन, वीपी कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल, संवैधानिक परिषदले गरेको पछिल्लो निर्णय र निर्मला हत्या प्रकरणमा पनि छलफल हुने शर्माले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु