यातायात नै बन्द गरेर पूर्वराजाको स्वागत,’टोलटोलमा हल्ला छ, राजा ल्याउने सल्लाह छ’!

पोखरा । पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा शनिवार दर्शन गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको छ । पूर्वराजा ज्ञानेन्द्रलाई स्वागतका लागि पोखराको नालामुखदेखि विन्ध्यवासिनी मन्दिरसम्मको करीब १ किलोमिटर क्षेत्रमा समर्थक लामवद्ध थिए । पूर्वराजालाई हेर्नका लागि सर्वसाधारणको ठूलो भीडसमेत लागेको थियो । नालामुखदेखि मन्दिरसम्मको सडकमा यातायात आवागमन नै बन्द गरेर उनको स्वागत गरिएको थियो ।

उनी पोखरा आउँदा राजा रहेकै बेलाजस्तो स्वागत सत्कार गर्ने गरेका छन् । समर्थकले ‘गणतन्त्र मुर्दावाद, राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, टोलटोलमा हल्ला छ, राजा ल्याउने सल्लाह छ लगायत नाराबाजी गरेका थिए ।

सम्बन्धित शिर्षकहरु