दाङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२, ५ जनाको पहिचान

काठमाडौं ।  शैक्षिक भ्रमणबाट फर्कने क्रममा शुक्रबार राति बस दुर्घटनामा ज्यान गुमाउने २२ मध्ये ५ जनाको पहिचान खुलेको छ ।

जसमा बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी,  शहिद कृष्णसेन इच्छुक बहप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका(१७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुमको भुमे गाउँपालिकाका २८ वर्षीय नरेश वली रहेका छ्न ।

दुर्घटनामा परेर दाङको दंगीशरण गाउँपालिका(१ का  सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका(१४ का २७ वर्षीय बिजय जीएमको ज्यान गएको छ ।

बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका कर्मचारीसहित ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु