काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक भाेलिसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ८:२५ बजे सुरु भएको बैठक ११:१० मा बसेर स्थगित भएको हो । आजको बैठकमा ८ जना स्थायी कमिटीका सदस्यहरुले आफ्नो विचार राखेको महासचिव विष्णु पौडेलले जानकारी दिए। उनीहरुले दुई अध्यक्षका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र सचिवालय सदस्य वामदेव गौतमले पेश गरेको फरक प्रस्ताव माथि धारणा राखेका हुन् ।
बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले धारणा राखे। बैठक भोलि बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुनः बस्ने छ। आजसम्म स्थायी समितिका २६ जना सदस्यहरुले आफ्नो विचार राखेका छन्। ४५ सदस्यीय स्थायी समिति रहेको नेकपामा बाँकी सदस्यहरुले धारणा राखेपछि अध्यक्षले जवाफ दिनेछन् ।








