काठमाडौंमा जनसभा गर्दै सार्वजनिक हुने विप्लवको चर्चामात्र,प्रकाण्डले सम्बोधन गर्दै

काठमाडौं  । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जनसभा र प्रदर्शनमा स्वयम विप्लव नआउने भएका छन् । नेकपाले यही मंसिर ८ गते संघीय राजधानी काठमाडौंमा जनसभा गर्ने तयारी गरेको छ ।
विप्लव नआउने भएपछि सो सभालाई प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सम्बोधन गर्ने भएका छन् । सोही जनसभा मार्फत विप्लव सार्वजनिक हुने भनिएपनि राज्य पक्षले पक्राउ गर्ने सूचनाका आधारमा उनी नआउने भएका छन् । उनी नआउने भएपछि उनका ठाउँमा पार्टी प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने तय भएको छ । सभामा आगामी रणनीतिबारे पार्टीको धारणा पनि उनले सार्वजनिक गर्ने नेकपाले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु