सरकारविरुद्ध खनिए माधव नेपाल: खुलेयाम देश टुक्राउने अभिव्यक्ति दिनेलाई जोगाउने गृहमन्त्रीज्यू कहाँ हुनुहुन्छ ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं सांसद माधवकुमार नेपालले सरकारको कडा आलोचना गरेका छन्। नेकपाका नेता माधव कुमार नेपालले राष्ट्रियतामाथि प्रश्न उठिरहेको र भौगोलिक अखण्डतामाथि चुनौती दिइरहदाँ गृहप्रशासन गम्भीर नभएको आरोप लगाएका छन् ।

नेपालले विहिवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रियतामाथि प्रश्न उठिरहेको र भौगोलिक अण्डतामाथि चुनौति भइरहेको भन्दै गृहप्रशासनको चर्को आलोचना गरेका हुन् । उनले देश डुब्न लागेको भन्दै मन्त्री, सरकार र राज्यका सबै निकायको ध्यानाकर्षण गराए। जनताको आलोचना र आक्रोशलाई सुझावका रुपमा लिन सरकारलाई आग्रह समेत गरे।

‘जनताले के भन्छन भन्ने कुरा प्रतिवाद गर्नका लागि होइन, जवाफ दिनका लागि होइन, रियलाइज गर्ने, कहाँ रह्यो त्रुटी खोज्ने, कहाँ छन् समस्या पत्तो लगाउने र समाधान गर्ने संकल्प, आँट गर्नुस’, उनले भने, ‘राम्रो काम गर्नुस, नेकपाको मात्र होइन सम्पूर्ण संसद र जनताको समर्थन रहनेछ।’

खुलेआम देशलाई टुक्राउने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाही नगरेको भन्दै नेता नेपालले देश टुक्र्याउने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाही गर्न बनेका निकायका व्यक्ति कहाँ छन् भन्दै प्रश्न गरे ।
उनले भने,‘ नेपालका विभिन्न निकाय छन् त्यो निकायमा रहने व्यक्तिहरु कस्ता होलान् रु जो राष्ट्रद्रोहीलाई पनि त्यतिकै छोडिदिन्छन् । देशभर बढिरहेको घटनाप्रति सबैको ध्यानाकर्षण भएको छ। प्रश्न उठिरहेको कञ्चनपुरबाट, निर्मला पन्तबाट, रौतहटको चन्द्रपुरबाट जहाँ एसिडले एउटा नानीको मृत्यु भएको छ। यस्तै यस्तै बलात्कारका मृत्यु बलात्कारका घटनाले।

भ्रष्टाचार व्याप्त छ, रोक्ने कुनै अंग छ कि छैन्, कोही अहिलेसम्म गिरफ्तार भएका छन कि छैनन्? मुद्दा चलिरहेको छ कि छैन, मान्छे हेर्न चाहन्छ काम, परिणाम। परिणाम दिइसकेपछि बल्ल हाम्रो शिर ठाडो हुनेथियो।

यो कानले सुन्नुपर्ने थिएन कि जुन जोगी आएपनि कानै चिरेका। यो स्थितीलाई कसरी परिवर्तन गर्ने? म मन्त्री, सरकार र राज्यका सबै निकायको ध्यानाकर्षण गराउँदछु। दुनियाँले भ्रष्टाचारी भनेर औला ठड्याएको व्यक्ति पुरस्कृत भइरहेको भन्दै उनले यो कहिले बन्द हुन्छ, रोकिन्छ?

सम्बन्धित शिर्षकहरु