प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

काठमाडौं । २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । शनिबार राति ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । अमेरिका जारी संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा प्रधानमन्त्री ओलीले आसोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका साथै सरकारका वरिष्ठ अधिकारी छन् । सो क्रममा उनले विभिन्न देशका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने छन् ।

सम्बन्धित शिर्षकहरु