यसरी जन्मियो ‘अरिंगाल’शब्द,किन भयो सामाजिक सञ्जालदेखि सदनसम्म चर्चित

काठमाडौं ।  प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ३० भदौ २०७५ मा तत्कालीन माओवादीका नेता स्व.पोस्टबहादुर बोगटीको चौथो स्मृति दिवसमा आयोजित कार्यक्रममा भनेको शब्द हो, अरिंगाल’ । उनले कार्यक्रममा भनेका थिए, ‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ । तर हामीसँग अरिंगालको गोलो जति पनि बुद्धि छ कि छैन । त्यो हामीले हेर्नुपर्छ । एउटा अरिंगाल मार्‍यो भने त्यसलाई मार्‍यो ठीकै छ नि ! अर्कोलाई हमला गयो ठीकै छ भन्ने गर्छौं कि एकजुट भएर लाग्छौं ?’

प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरूले पार्टी र सरकारविरुद्ध हमला गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीका हमलालाई ‘अरिंगाल’ जस्तै एकताबद्ध भएर जवाफ दिनुपर्ने बताए । ‘केही कुरामा चित्त बुझेन भने प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदैनौं। प्रतिक्रियावादीले हमला र्गयो भने यसो हेर्यो प्रचण्डलाई हमला गरेको रहेछ ठीकै भएछ। म मुस्कुराउँछु’, ओलीले भनेका थिए, ‘मलाई हमला गरेको बेला (अध्यक्ष प्रचणडतिर हेरेर) केपी ओलीलाई हमला गरेको रहेछ ठीकै छ भनेर मुस्कुराइन्छ । यस्तो गर्दै गयौं भने प्रतिक्रियावादी हतोत्साही हुने होइन उत्साहित हुन्छन् ।’

यसपछि सामाजिक सञ्जालमा यतिधेरै ‘अरिंगाल’ शब्द चर्चित भयो की जसले पनि ‘अरिंगाल’ शब्द उल्लेख गरेर स्टाटसहरु लेखे । ‘अरिंगाल’ का तस्बिरहरुले फेसबुक रंगिए । पार्टीभित्रदेखि बाहिरसम्म ‘अरिंगाल’ शब्द बहस भयो । पार्टीका कार्यकर्ताहरु किन ‘अरिंगाल’ भएनन् ? भन्ने शिर्षकमा बहस भयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभाति बिमलेन्द्र निधि लगायतका नेताहरुले ‘अरिंगाल’ अभिव्यक्तिको प्रतिरोध गरे ।

संसदमा पनि चर्चा भयो । प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आलोचना गर्दै जवाफ समेत माग गरे । कांग्रेस सांसद मिनाक्षी झाले प्रधानमन्त्रीको अरिंगाल जस्तो आक्रमण गर्नु भन्ने अभिव्यक्तिको बिरोध गरिन् ।

सांसद मीना पाण्डेले प्रधानमन्त्रीको अरिंगालको विषयकोप्रति लक्षित रहेको भन्दै प्रश्न गरिन् । उनले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनु पर्ने बताइन् ।

सांसद राजेन्द्र कुमार केसीले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तीजनक रहेको बताए । उनले भने, ‘निर्मलाको हत्याराको बदला अरूलाई देखाउने विरुद्ध बोल्न अपराध हो? सुन काण्डमा बोल्नु अपराध हो ?’

 

सम्बन्धित शिर्षकहरु