
काठमाडौ । आज सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन भने चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ५६ हजार ९ सय रुपैंयामा किनबेच भईरहेको छ । यस्तै चाँदी तोलामा १० रुपैैंयाले घटेर प्रतितोला ७१० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।








