एचआईभीको औषधिको ‘साईडइफेक्ट’

काठमाडौँ, । जाडो होस् या गर्मी, घरमा होस् या सार्वजनिक ठाउँ उनी गम्लङ्ग पछ्यौरा ओढ्छन् ।  कसैसँग बोल्न पनि त्यति मन गर्दिनन् । कोही ब्यक्ति आफ्नो अगडी उभिँदा मात्रै पनि उनलार्इ डर लाग्छ । त्यो डर कसैले केही गर्ला भन्ने नभइ, आफ्नो कुरुपता देख्ला र सोधिहाल्ला भन्ने डर हो ।

४६ बर्षीया उनी १५ बर्षदेखि एचआईभी संक्रमणको पीडित छन् ।  उनी भन्छिन्, श्रीमानले गरेको एउटा गल्तीको सजाय मैले भोगिरहेको छु, मलार्इ रोग सार्ने व्यक्ति संसारमा छैन  तर उसको चिनोले पनि मलाई ज्युँदै मरेझैँ बनाइदिएको छ ।

उनका अनुसार उनको श्रीमान लागुऔषध प्रयोगकर्ता थिए । त्यसैबाट श्रीमान एचआईभी सक्रमित भएका थिए र उनलाई पनि सारेका हुन् । निकै बेरको अनुरोधमा उनी शरीरबाट पछ्यौरा हटाउन राजी भईन् । गर्धनमा ठुलो मासुको पोको, अनुहारको मसु भित्र परेर नमिल्दो देखिएको र पोतो फैलिएको ।

अनि दुवै स्तन पनि सामान्यभन्दा ठुलो र झोलिएका थिए । यस्तो के भएको भन्ने प्रश्नमा उनी भन्छिन औषधि नखाए ज्यानै जाने डर छ, खाउँ यस्तो हुन्छ । औषधि खान थालेपछि त्यसै पनि उनी अर्कै खाले विरामी भएकी छिन् । अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु