कार्यक्षेत्रमा ज्यान गुमाएका सैनिकको परिवारलाई ७ वर्षसम्म पूरा तलब

काठमाडौं । सरकारले कार्य क्षेत्रमा रहेका बेला ज्यान गुमाएका सैनिकको परिवारलाई सात वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरेको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित वीरगति प्राप्त गरेका सैनिक परिवारको एक दिने कार्यशाला गोष्ठीमा बोल्दै सैनिकले मरनोपरान्त प्राप्त गर्ने तलव व्यवस्थासहित सैनिक सेवा नियमावली, २०६९ लाई संशोधन गरिएको जानकारी गराएका हुन् ।

मन्त्री पोखरेलले पीडित सैनिकका परिवारलाई राहत दिन सरकारले सैनिक सेवा नियमावली संशोधन गरेको पनि स्पष्ट पारेका छन् । । गत असार २० गते बसेको मन्त्रिपरिषद बैठकले संशोधन गरेको नियमावलीमा कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिक जवानको एक तह स्वतः बढुवा गर्ने व्यवस्था पनि गरेको छ ।

त्यसैगरी सैनिक जंगी कार्वाही वा सेना परिचालन भएका बेला आकस्मिक दुर्घटनामा परी अशक्त भएका सैनिकलाई एक तह बढुवा गर्ने व्यवस्था पनि गरिएको छ । त्यस्तै कर्तव्य पालनाको सिलसिलामा कुनै सैनिक वेपत्ता, अशक्त, घाइते वा मृत्यु भएमा उसको परिवारले निवृत्तिभरण र उपदान पाउने व्यवस्था पनि संशोधित सैनिक सेवा नियमावलीमा गरिएको छ ।

सरकारले वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा सैनिकका छोराछोरीलाई शैक्षिक भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।

सम्बन्धित शिर्षकहरु