
काठमाडौँ । आज बिहान भएको अन्तराष्ट्रिय च्याम्पियन्स कपमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ४-१ गोले पराजित भएको छ । मिसिगनमा भएको खेलमा लिभरपुलले साइडो मानेको गोलमार्फत अग्रता लिएको थियो । तर, खेलको ३१ औ मिनेटमा एन्द्रीस पेरेराले बराबरी गोल फर्काएका थिए ।
दोस्रो हाफमा लिभरपुल झन् आक्रामक देखिएको थियो । उसका लागि खेलको ६६ औ मिनेटमा ड्यानियल स्टरिजले गोल गरे । खेलको ७४ औ मिनेटमा सेइ ओजोले तेस्रो गोल गरे । म्यानुका खेलाडीहरु भने आक्रामक खेल भन्दा डिफेन्स लाइनमा बढी देखिएका थिए ।
खेलको ८३ औ मिनेटमा यसै सिजन लिभरपुलमा अनुबन्ध भएको साकिरीले सानदार बाइसाइकल गोल गरे ।






