अध्यक्ष प्रचण्ड बाँचुन्जेल जनता र क्रान्तिको पक्षमा उभिने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाचुन्जेल जनताको र क्रान्तिको पक्षमा दृढतापूर्वक उभिने उद्घोष गरेका छन् । बुधबार काठमाडाैंमा अायोजीत एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको पाँचौं स्मृति दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल लगायतका सबैको सपना साकार पार्न आफू लागि पर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने-‘जीवनमा जति नै दुःख कष्ट आइपरे पनि क्रान्ति र जनताको पक्षमा दृढतापूर्वक उभिने संकल्प गर्दछु।’

उनले  मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी नेतृत्वको सरकार रहेको उल्लेख गर्दै त्यसले विकास र समृद्धिको एजेन्डालाई अघि सारेको पनि स्मरण गराए। साथै उनले सहिदका सपना पूरा गर्नेगरी पार्टी एकतावद्ध रहेको दावी पनि गरे।

 

सम्बन्धित शिर्षकहरु