कांग्रेसको  विरोधका कारण राष्ट्रियसभाको बैठक अाज पनि अवरुद्ध

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको  विरोधका कारण राष्ट्रियसभाको बैठक बुधबार पनि अवरुद्ध भएको छ। बीएन्डसी मेडिकल कलेजका संञ्चालक दुर्गाप्रसाद प्रसाईंलाई कारबाही र तरुण दलका कार्यकर्तामाथि बानेश्वरमा भएको दमनबारे गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गर्दै कांग्रेसले  बैठक अवरुद्ध गरेको  हो।

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै प्रतिपक्षी दलका सांसद बद्रीप्रसाद पाण्डेले बंगलादेशमा अध्ययनरत छात्राबारे  दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिप्रति सरकारको ध्यानाकर्षण गर्दै  तत्काल उनलाई कानूनी दायरा ल्याउन माग गरेका हुन्।

मंगलबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको थियो।

सम्बन्धित शिर्षकहरु