
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत डा.गोविन्द केसीलाई आज त्रिवि शिक्षण अस्पताल(टिचिङ) पुगेर भेटेका छन् । केसीलाई भेटेपछि उनले केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको प्रतिक्रिया दिए ।
केसीलाई भेटेपछि देउवाले लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुने उल्लेख गरे । सँगै उनले डा.केसीको पछाडी हामी लाखौं छौं पनि भने । उनले भने, ‘म सरकारलाई तत्काल उहाँसँग वार्ता गरेर माग पुरागरी जीवन बचाउन माग गर्दछु ।’








