
काठमाडाैँ । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याइँदै छ। कठमाडौँ आउन नमानेका उनलाई सरकारले बल प्रयोग गरेर काठमाडौँ ल्याउन लागेको हो। बिहीबर दिउँसोसम्म काठमाडौँ आउन नमानेका डा. केसी सरकारको अत्याधिक बल प्रयोगका कारण आफ्ना समर्थकहरु घाइते हुन थालेपछि उनी काठमाडौँ आउन सहमत भएका हुन्।
डा. केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जुम्लास्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरी हेलिकप्टरमा राखेर काठमाडौं ल्याउन लागिएको हो। डा. केसीलाई काठमाडौँमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिने शिक्षमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।








