काठमाडौं । जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई काठमाडौंमा ल्याएर उपचार गर्ने निर्णय भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जुम्लामा अनशनरत डा.केसीलाई काठमाडौं ल्याउने निर्णय गरेसँगै बिहीबार बिहानैदेखि त्यसको तयारी गरिएको छ ।
डा.केसी अनशनरत कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानले डा.केसीको उपचार अब आफूहरुले गर्न सक्ने जनाएपछि नेकपाले उपचारका लागि काठमाडौं ल्याउने निर्णय गरेको स्रोतले जनाएको छ ।
डा.केसी जुम्लामा २० दिनदेखि अनशनरत छन् । डा.केसीलाई काठमाडौं ल्याउने र उनका मागबारे खुल्ला छलफल गर्ने निर्णय नेकपाले गरेको छ ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका नेताहरू बैठकमा सहभागी थिए ।
डा.केसीलाई बिहीबार बिहान हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भएको छ ।
यता सरकारले डा.केसीलाई ल्याउनेबारे औपचारिक जानकारी दिन र उनका माग बारे धारणा राख्न शिक्षा, विज्ञान तथा प्रविधि गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दैछन् ।








