
काठमाडौं। पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले साउन १ गते मंगलबारदेखि सर्वसाधारणका लागि साधारण सेयर(आइपीओ) निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ११ लाख कित्ता अर्थात् ११ करोड रुपैयाँको साधारण सेयर निष्काशन गरेको हो ।
एक अर्ब १० करोड रुपैयाँ जारी पुँजी रहेको पञ्चकन्याले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गरेको हो । कूल निष्काशित आईपिओमध्ये ४४ हजार कित्ता कम्पनीको कर्मचारीहरू र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ ।
बाँकी रहेको १० लाख एक हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।
आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराईज क्यापिटलले गर्दैछ । लगानीकर्ताले आईपीओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीमार्फत आवेदन गर्न सक्नेछन् ।
आइपीओ साउन ४ गतेसम्म भर्न सकिनेछ । आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि हाइड्रोले ११ लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले अहिले थप ११ लाख कित्ता सेयर सर्वसाधारको लागि निष्काशन गरेको हो ।








