काँग्रेसको अवरोधपछि साउन ३ गतेसम्मका लागि संसद बैठक स्थगित

काठमाडौं । संसद बैठक पुन: स्थगित भएको छ । नेपाली काँग्रेसका सांसदहरुले अवरोध गरेपछि साउन ३ गते बिहीबारसम्मका लागि संसद बैठक स्थगित भएको हो ।

काँग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले पटकपटक बसिदिन आग्रह गरेका थिए । उनले सरकारका तर्फबाट मन्त्री बोल्न चाहेको बताउँदै काँग्रेसको अवरोध फुकुवा गर्ने बाटोमा थिए । तर, काँग्रेसका सांसदहरु बस्न नमानेपछि संसद बैठक स्थगित भएको हो ।

चिकित्सा शिक्षा विधेयक माथेमा आयोगको प्रतिवेदनअनुरुप हुनुपर्ने माग काँग्रेको छ । जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको र उनको माग सम्बोधनका लागि सरकारले कुनै पनि कदम नचालेको काँग्रेसको ठहर छ ।

अब आगामी संसद बैठक साउन ३ गते बिहीबार १ बजेका लागि बस्नेछ ।

सम्बन्धित शिर्षकहरु