साना हतियार सप्लाई गर्ने गिरोह फन्दामा

काठमाडौं । काठमाडौं उपत्याकामा साना हतियार सप्लाई गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको लिखु स्थायी घर भएका कृष्ण बहादुर जोशी, रामेछापको दोरम्बाका आशुराम मोक्तान र ताप्लेजुङका हेमराज पौडेल रहेका छन् ।

हतियार सप्लाई गर्दै आएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंका इन्सपेक्टर अनिल ठकुरीको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई ललितपुरको नखिपोटबाट पक्राउ गरेको हो ।

‘साना हतियार सप्लाई गर्ने गरेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको हो’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) मोहन थापाले बताए ।

सम्बन्धित शिर्षकहरु