
काठमाडौं । १ रुपैंयामा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रा.लि.ले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं, न्यूरोडमा रहेको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय र सर्बाधिक बिक्री भईरहेको भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु मासिक किस्ताबन्दीमा दिने भएको छ । कम्पनीले भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु रु. १ रुपैयाँ तिरेपछि ग्राहकले घर लैजान सक्नेगरी मासिक किस्ताबन्दी योजना सार्वजनिक गरेको हो ।
सिमित अवधिका लागि घोषणा गरिएको यस अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ ।
यस कम्पनीबाट रु.१ मा किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ भने यो अफरअन्तरगत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने व्यवस्था उपलब्ध गराईने कम्पनीले जनाएको छ ।
ईजी मोबाइल केयर प्रा.लि.ले भीभो स्मार्टफोनमा नेपालमा नै पहिलो पटक रु.१ मा फोन दिने अफर ल्याएको हो । जसमा उपभोक्ताले नेपाली बजारमा उपलब्ध भीभोका कुनैपनि मोडलका स्मार्टफोन रु.१ किस्ताबन्दीमा किन्न सक्नेछन् ।
ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले मनपरेको मोबाइल किन्न नसकिने र सेवा सुविधा नपाउने देखिएको हुँदा ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए ।
‘हामीले यसअघि पनि सफलतासाथ सामसंग र ह्वावेका विभिन्न मोडलका स्मार्टफोनहरु रु.१ मा बिक्री गरेर ग्राहकहरुलाई सन्तुष्ट पारिसकेका छौं, अहिले नेपालमा नै पहिलो पटक भीभो ब्राण्डका स्मार्टफोनहरुमा यो किस्ताबन्दी अफर ल्याएका हौं,’ अध्यक्ष पौडेलले भने ।
यसबाहेक पनि कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने गरेको जनाएको छ । अन्य कम्पनीबाट मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकामा ईजी मोबाइल केयर प्रा.लि.बाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईनेछ ।








