
काठमाडौं । टिप्परले ठक्कर दिदाँ काठमाडौको जडिबुटीमा एक जनाको ज्यान गएको छ । भक्तपुरबाट काठमाडौँ आउँदै गरेको बा४ख ८७२५ नम्बरको टिपरले बा ८५ प७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुरको सल्लाघारी निवासी रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रिपरले त्यही दिशाबाट कोटेश्वर आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट भक्तपुर सल्लाघारीका १८ वर्षीय मोटरसाइकल चालक अमन ढुंगेल घाइते भएका छन् । ज्यान गुमाएका सुवेदी मोटरसाइकलको पछाडि थिए । घाइते भएका ढुंगेलको नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार भइरहेको छ । धादिङको धार्के गाउँपालिका निवासी टिपर चालक हरिशरण राईलाई टिपर सहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।








