हिजो अस्तिको भन्दा आज धेरै पानी पर्ने, सतर्क रहन आग्रह

काठमाडाैँ । हिजो अस्तिको भन्दा आज धेरै पानी पर्ने मौसमविद्ले बताएका छन्। आज मध्य र पश्चिमको एक दुई ठाउँमा ठूलो वर्षा हुने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।

यस्तै आज दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, दैलेख, डोटी र डडेलधुरा हुँदै बग्ने खोला र नदीमा ठूलो बाढी आउने संभावना भएकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ।

यसैगरी भिरालो जमिन र यसअघि पहिरो गएको ठाउँमा पनि सावधानी अपनाउन शाखाले अनुरोध गरेको छ। मनसुन सक्रिय रहेकाले आइतबारदेखि वर्षा जारी छ। आज पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ। विशेष गरी बेलुकीदेखि पानी पर्ने मौसमविद् पौडेलेको अनुमान छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बितेको २४ घण्टामा लुम्लेमा १ सय ९ दशमलव ८ मिलिमिटर पानी परेको छ।

सम्बन्धित शिर्षकहरु