‘प्रधानमन्त्रीको समाजवादलाई नेपालमा स्वागत छ’

काठमाडौं । सरकारले संसदमा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकलाई नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले विरोध गरेका छन् । आइतबार संसदको शुन्य समयमा बोल्दै थापाले दलाल पुँजीपतिहरुको लगानीमा मेडिकल कलेज जसरी पनि खुलोस् भन्ने आशयले चिकित्सा शिक्षा विधेयक संसदमा ल्याएको भन्दै व्यंग्यात्मक ढंगले विरोध गरेका हुन् ।

उनले भने, ‘मेडिकल कलेज नभएको ठाउँमा सरकारले मेडिकल कलेज खोलोस् । जनताको छोराछोरीले निशुल्क चिकित्सक बन्न पाउन् । गाउँगाउँमा स्वास्थ्य सेवा पुर्‍याइयोस् भनेर माग राख्ने डा. गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न पनि नदिने । दुईटा कम्युनिष्ट पार्टीका महान् अध्यक्षले आफ्नो घरमा बोलाएर चरेसको थालमा मार्सी धानको भात खुवाउने कम्युनिष्ट परिभाषाअनुसार दलाल पुँजीपतिको मेडिकल जसरी पनि खुलोस् भन्ने उद्देश्यका साथ सदनमा चिकित्सा शिक्षा विधेयक ल्याउने प्रधानमन्त्रीको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ ।’

सम्बन्धित शिर्षकहरु