अर्जेन्टिनाका लिजेन्ड खेलाडी जाभियर मास्चेरानोद्वारा अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा

काठमाडौँ । फ्रान्ससँग पराजित हुँदै विश्वकपबाट बाहिरिएपछि अर्जेन्टिनाका लिजेन्ड खेलाडी जाभियर मास्चेरानोले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् । अन्तिम १६ मा फ्रान्ससँग अर्जेन्टिना ४–३ गोलले पराजित भएपछि उनले सन्यासको घोषणा गरेका हुन् । ३४ वर्षीय मास्चेरानोले सन्यास लिएको घोषणा गरिरहँदा निकै भावुक देखिन्थे ।

अर्जेन्टिनाबाट १४७ क्याप खेल खेलेका डिफेन्डर मास्चेरानोले ३ गोलको योगदान पनि गरेका छन् । उनले सन् २००३ मा राष्ट्रिय टिमबाट डेब्यू पाएका थिए । लामो समय बार्सिलोनामा बिताएका उनी हाल हेबेई चाइना फच्यूनबाट व्यवसायीक खेल खेल्दैछन् । उनले अब अर्जेन्टिनाको राष्ट्रिय टोलीमा नयाँ पुस्ताका खेलाडीहरु आउन पर्ने समेत बताएका छन् ।

सम्बन्धित शिर्षकहरु