शनिबार राती मुलुकभर भारी वर्षाको सम्भावना

 

काठमाडाैँ । शनिबार राती मुलकका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पुर्वानुमान महाशाखाले शनिबार राती मुलुकका पुर्व र पश्चिमका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जनाएको हो। मनसुन भित्रिईसकेको तथा मनसुनी न्युन चापिए क्षेत्र नजिक आएका कारण अधिकांश स्थानमा भारी वर्षाको सम्भावना भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।

शनिबार दिनभर पनि मुलुकका विभिन्न स्थानमा मौसम बद्ली भई केही स्थानमा वर्षा भएको छ।

सम्बन्धित शिर्षकहरु