
काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले असार २२ गतेदेखि आयोजना प्रभावीत स्थानीयबासीका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । हाइड्रोले १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावीत स्थानीयबासीका आइपीओ निष्काशन गर्न लागेको जनाएको छ । जसमध्ये ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि र ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ पाँचथरका अन्य क्षेत्रका स्थानीयबासिन्दालाइ छुट्टाइएको छ ।
आइपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६००० हजार कित्तासम्म आवेदन गर्न पाइनेछ । असार २२ गतेदेखि खुल्ने आईपिओमा छिटोमा साउन ४ र ढिलोमा भदौ २० गतेसम्म आवेदन दिन सकिने हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।








