तनहुँ । तनहुँको बरादी बजारमा भयानक दुर्घटना भएको छ । दुर्घटना निकै भयानक भए ठूलो जनधनको क्षति जोगिएको छ । दुर्घटनामा चार जनाको भने ज्यान गएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी १ बरादीमा एकैसाथ तीन वटा सवारी साधन ठोक्किएका हुन ।
दुर्घटनामा तनहुँ आबुखैरेनी गाउँपालिका ४ का २६ बर्षीय दिलबहादुर थापा, पर्वत कुश्मा गाउँपालीका ९ की ३ बर्षीया बालिका ममता लामिछाने, ३५ बर्षीय कमल लामिछाने, र तनहुँ आबुखैरेनी गाउँपालिकाका ३५ बर्षीय नुन बहादुर खवासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ ख ३०७३ नम्बरको बसले विपरित दिशाबाट आएको बा १७ च १८१४ नम्बरको भ्यान, मुग्लिनबाट डुम्रे आउँदै गरेको ग ५ प १९४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
दुुर्घटनामा पर्वत कुश्मा ९ की २० बर्षीया पार्वती लामिछाने, कुश्मा १३ का २४ बर्षीय गुरुदत्त तिवारी र चितवन भरतपुर ६ की २० बर्षीया सरु पाठक घाइते भएका छन् ।








