काठमाडौं । यतिबेला सेयर बजारका लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका कारण विगत लामो समयदेखि नेपाल स्टक एक्सचेञ्जको परिसूचक निरन्तर ओरालो लागिरहेको छ । बजार घटेर मंगलबार १२ सय अंकको विन्दु पनि छाडेको छ ।
आज बजार १५.२९ अंकले द्दटेर परिसूचक ११९४.८० अंकमा झरेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.११ अंकले घटेको छ । आज बजारमा कारोबारमा आएका सबै समूहको परिसूचक ओरालो लागेको छ ।









