
काठमाडौँ । विश्वकपमा एकजना यस्ता खेलाडी रहेका छन् जो उमेरले चार दशक काटिसकेका छन् । तर, पनि उनी व्यवसायिक फुटबल खेल खेल्दै आइरहेका छन् ।
उनी हुन् इजिप्टका ४५ वर्षीय गोलकिपर एसाम अल हदारी । मिडिया रिपोर्टका अनुसार उनी विश्वकप फुटबल प्रतियोगितामा खेल्ने अहिलेसम्मकै सबैभन्दा पाको उमेरका खेलाडी बनेका छन् ।
उनले २०१४ मा ब्राजिलमा भएको विश्वकपमा कोलम्बियाका गोलकिपर फेरिड मोड्रेगोनको कीर्तिमान तोडेका छन् । मोडे«गोन त्यतिबेला ४३ वर्ष ३ दिनको उमेरमा जापानविरुद्ध खेलेका थिए ।
इजिप्ट यस संस्करणको विश्वकपबाट एक खेल पनि नजिती बाहिरि सकेको छ । अन्तिम खेलमा इजिप्ट साउदी अरेबियासँग २१ गोलले पराजित भएको थियो ।






