पञ्चकन्या माई हाइड्रोपावरले पायो ११ करोडको आईपीओ निष्काशन गर्न अनुमती

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरले ११ करोड रुपैंया बराबरको साधारण सेयर (आइपीओ) निष्काशनको अनुमति पाएको छ । हाइड्रोले प्रतिकित्ता १०० रुपैंया अंकित ११ लाख कित्ता अर्थात् ११ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको अनुमति पाएको हो ।

असार ८ गते हाईड्रोले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । साधारण सेयर जारी गर्नका लागि कम्पनीले सनराईज क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाइड्रोले यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाका लागि ११ लाख कित्ता साधारण सेयर निष्काशन गरिसकेको छ । अहिले थप ११ लाख कित्ता सेयर सर्वसाधारको लागि निष्काशन गर्न लागेको हो ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत् आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

सम्बन्धित शिर्षकहरु