अर्जेन्टिना पराजित भएपछि आत्महत्या गरेका फ्यानको शब भेटियो

काठमाडौँ । अधिंकाशको अपेक्षा थियो यस वर्षको विश्वकपमा अर्जेन्टिनाले बलियो खेल प्रदर्शन गर्नेछ । धेरै अर्जेन्टिनी फ्यानहरु भने यतिखेर निराश रहेका छन् । आइसल्याण्डसँग एकएक गोलको बराबरी खेलेको अर्जेन्टिना क्रोसियासँग भने लज्जास्पद हार नै भोग्न पुग्यो ।

उक्त खेलपछि भने फ्यानहरुको धैर्यताको बाँध नै टुट्यो । क्रोएशियाविरुद्धको खेलमा अर्जेन्टिनाको लज्जास्पद हारेपछि भारतको केरेलाका डिनु एलेक्सले आत्महत्या गरे । उनले सुसाइड नोट लेखेर आत्महत्या गर्न हिडेका उनको खोजीकार्य जारी रहेको थियो । जित हासिल नगरेपछि सुसाइड नोट लेखेर बेपत्ता भएका उनको शव भेटिएको छ ।

उनी शुक्रबारबाट बेपत्ता भएका थिए । उनको शव कोट्टयमको इलिक्कल पुल नजिकै भेटिएको हो । उनी अर्जेन्टिनाका स्टार फुटबलर लियोनलमेसीका प्रशंसक थिए । प्रहरीले डिनुको कोठाबाट एउटा सुसाइड नोट भेटेको थियो । मेस्सीका डाइहार्ट फ्यान रहेका उनले आफ्नो सुसाइड नोटमा समेत मेस्सीबारे प्रशंसा गरेका थिए ।

सम्बन्धित शिर्षकहरु