१९ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला सम्पन्न (पुर्णपाठ सहित)

हेटाैँडा । १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ। सभापतिद्वारा जारी गरिएको उक्ता घोषणापत्रमा महासमितिको बैठकको मिति र स्थान अविलम्ब तोक्न घोषणापत्रमा पार्टी नेतृत्वसमक्ष आग्रह गरिएको हो।

 भेलापछि जारी गरिएको घोषणापत्रले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ। साथै सरकारले जनविरोधी चरित्र देखाएको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ।

कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओमाथि नियन्त्रणकारी रबैया अपनाएको भन्दै घोषणापत्रमा भनिएको छ।

त्यस्तै सरकारका पछिल्ला गतिविधिलाई आतंकका संज्ञा दिँदै विरोध गरिएको छ। यस्तै, सरकार लम्पसारवाद र सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप पनि उक्त घोषणापत्रमा लगाइएको छ।

हेर्नुस, पूर्णपाठ:

सम्बन्धित शिर्षकहरु