
काठमाडाैँ । नागरिकताको विषयमा विवादित बनेका टेलिभिजनकर्मी रवि लामिछानले २ लाख ५८ हजार ५ सय रुपैयाँ दस्तुर बुझाएर अमेरिकी नागरिकता त्यागको प्रक्रिया सुरू गरेका छन्। उनले असार ६ गते काठमाडौंस्थित अमेरिकी दूतावासमा उक्त परिमाणको रकम बुझाई नागरिकता त्यागेको विवरण प्रेस काउन्सिललार्इ बुझाएका हुन्।
‘२०७५ असार ६ गते लामिछानेले आफूले अमेरिकी दूतावासमा २,५८५०० रूपैयाँ दस्तुर बुझाई अमेरिकी नागरिकता र राहदानी परित्याग गरेको जानकारी गराउँदै अध्यागमन विभागमा निवेदन दिनुभएको छ’, प्रेस काउन्सिलद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।
लामिछाने काठमाडौंस्थित एक स्याटेलाइट टेलिभिजन च्यानलमा कार्यक्रम सञ्चालकको रुपमा काम गर्दै आएका छन्। नेपालमै रहेर सञ्चार कर्म गर्ने रुचिलाई कदर गर्दै काउन्सिलले कानुनको अधिनमा रहेर काम गर्न लामिछानेलाई स्मरण गराएको छ।









