निरन्तर ओरालो लाग्दै सुनको भाउ, आज तोलामा ३ सयको गीरावट

काठमाडौं । केहि दिनयता सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ । आज सुनको भाउ तोालमा ३ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा किनबेच भईरहेको छ ।

आज चाँदीको भाउमा भने कुनै परिवर्तन आएको छैन । चाँदी प्रतितोला ७६५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु