घलेम्दी हाईड्रोको करोडौंको आइपीओ निष्काशन हुँदै

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । असार ६ गते बोर्डले कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

हाइड्रोले पहिलो चरणमा जलविद्युत् आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

भिवोर क्यापिटल लिमिटेडले कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकको जिममेवारी पाएको छ ।

सम्बन्धित शिर्षकहरु