
काठमाडाैँ । विश्वकप फुटबलको समूह बी को आज भएके खेलमा पोर्चुगलले मोरक्कोलार्इ १–० ले पराजित गरेको छ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेल सुरू भएको चौथो मिनेटमा गरेको गोलले नै पोर्चुगललाई विजयी बनाएको हो ।
रुसको मस्कोस्थित लुज्निकी रंगशालामा भएको खेलमा हेडमार्फत गोल गरी सुरुवातमै पोर्चुगललाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र त्यही गोल पोर्चुगलको जितमा निर्णायक बन्यो ।






